Pangeni Samaj

Untitled design (1)

Pangeni Samaj Nepal

(Dhananjaya Gotriyya)

पृष्ठभूमि

नेपाल अधिराज्यका विभिन्न क्षेत्रमा छरिएर रहेका सम्पूर्ण पगेनी वन्धुहरुलाई एकताको सुत्रमा आवद्ध गरी एक आपसमा परिचय, मित्रता, भाईचारा र सहयोगलाई समप्टिरुपमा अभिवृद्धि गराई समाजको आर्थिक, सामाजिक तथा धार्मिक समुन्नती गरी समयानुकुल परिचालन गराई सामाजिक हित र भलाईका कार्यहरुमा अझ वढि जागरुक वनाउनु आजको आवश्यकता भएकोले पगेनी समाज नेपालको गठन गरिएको हो ।

नेपालभर छरिएर रहेका पगेनीवन्धुहरुको खोजी गरी २०५९ साल पौषमा पगेनी समाज नेपालको तदर्थ समिति गठन गरी विधान तयार गर्दै २०६० साल असोजमा जिल्ला प्रशासन कार्यालय कास्कीमा पगेनी समाज नेपालको दर्ता गरी २०६० साल फागुनमा प्रथम महाधिवेशन समेत गरी दुर्गादत्त पगेनीको नेतृत्वमा केन्द्रीय समिति गठन गरी केन्द्रीय कार्यालय पोखरामा राखी समाजका गतिविधिहरु अगाडी बढाउदै आईरहेकोछ ।

नेपालका विभिन्न जिल्लाहरुमा पगेनी वन्धुहरुको उपस्थिती रहेता पनि धेरै घरधुरी रहेका स्याङ्गजा, पाल्पा, रुपन्देही, नवलपरासी व.सु.प., नवलपरासी व.सु.पु (नवलपुर), कास्की, चितवन, गुल्मी र काठमाण्डौमा गरी ९ जिल्लामा जिल्ला अधिवेशन समेत गरी २०८० फागुन २८ गते स्याङ्गजाको वालिङ्गमा भएको पगेनी समाज नेपालको दोश्रो महाधिवेशनबाट दुर्गादत्त पगेनीको अध्यक्षतामा २१ सदस्यीय केन्द्रीय कार्य समिति चयन भई कार्य संचालन भईरहेको छ ।

Scroll to Top