क्षेत्रगत जानकारी
नेपालभरी रहेका पंगेनी, पगेनी, पंज्ञानी, पंगाली, शर्मा पंगेनी थर भएका धनन्जय गोत्रीय बन्धुहरुको निर्वाचन आयोगबाट मिति २०८१/१/२८ मा प्राप्त मतदाता नामावली विवरण अनुसार नेपालको ७ वटै प्रदेश, ४० जिल्ला, १३९ स्थानिय तहहरु, ५०६ वटा वडामा गरी जम्मा ५४०८ मतदाताहरु रहेको पाईन्छ। अझ कति स्थानका वन्धुहरुले स्पष्ट रुपमा पगेनी/पंगेनी नदेखिने गरी शर्मा, उपाध्याय, रिजाल आदि नै राखेको पाईएकोले प्राप्त विवरणमा सवै वन्धुहरुको विवरण समावेश भएको छैन।